• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बजार अर्थतन्त्र

 गुणस्तरहीन कामको असर: सामान्य वर्षाले भत्कियो दमौली खेलमैदानको पर्खाल

दमौली- तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकास्थित खेलमैदानमा निर्माण गरिएको पर्खाल भत्किएको छ। गुणस्तरहिन काम गरेको असरका कारण आइतबार परेको वर्षाले पर्खाल भत्किएको हो। 

नगरपालिकाले विसं २०७६ सालमा सम्झौता गरी उपभोक्ता समितिमार्फत् उक्त काम गराएको थियो। कूल रु ५० लाखको योजनामध्ये रु दश लाख अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। 

नगरपालिकाले सम्झौताकै वर्ष उपभोक्ता समितिलाई रु १३ लाख २० हजार पेश्की दिएको थियो। उपभोक्ता समितिले पर्खाल निर्माणको काम एकदमै गुणस्तरहिन गरेकोले कमजोरी लुकाउन केही समय अगाडि मात्रै पर्खालमा प्लाष्टर समेत गरेको थियो। 

नगरपालिकाले भने सम्झौता भएपछि उपभोक्ता समितिले प्राविधिकसँग समन्वय नगरी काम गरेको... Read More