निषेधाज्ञा र वर्षाकाबीच वाग्मती सफाइ महाअभियान जारी
काठमाडौँ- नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ। सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारी, सफाइ अभियानकर्मीद्वय चक्रबहादुर चन्द र दुर्गा रावलले पशुपति क्षेत्रमा सफाइ गर्नुभएको छ।
सफाइको क्रममा पशुपति क्षेत्रको वाग्मती किनारमा धेरै फौहर भेटिएको उहाँले सुनाउनुभयो। कोरोनाबाट र सामान्य अवस्थामा निधन भएका गरी दैनिक सयौँको सङ्ख्यामा शवदाह गर्न पशुपति क्षेत्रमा ल्याउन थालेपछि नदीक्षेत्र प्रदुषित बनेको हो। शवदाहमा प्रयोग भएका सामग्री... Read More
