• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राउटे बस्तीमा पुग्यो मानव अधिकार आयोग, प्रहरीले राउटे बस्तीलाई सुरक्षा दिने

  • OVN
  • June 11, 2021
राउटे बस्तीमा पुग्यो मानव अधिकार आयोग, प्रहरीले राउटे बस्तीलाई सुरक्षा दिने

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउटको हालको अवस्थाबारे जानकारी लिएको छ भने राउटे युवतीमाथि जेठ २३ गते भएको यौन दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने प्रबन्ध मिलाएको छ।

आयोगको टोलीले गुर्भाकोट नगरपालिका–९ सुर्खेत आँपसोती बस्तीमा रहेको राउटे बस्तीको राउटे मुखिया दिलबहादुर शाहीसँग उनीहरुको हालको अवस्थाबारे जानकारी लिएको छ। तस्वीर: शुरबहादुर सिंह, रासस

Comments