• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

राउटेसँग मुख्यमन्त्री शाही, चामल सहित संरक्षणको व्यवस्था गरिदिन राउटे युवायुवतीको माग

  • OVN
  • June 11, 2021
राउटेसँग मुख्यमन्त्री शाही, चामल सहित संरक्षणको व्यवस्था गरिदिन राउटे युवायुवतीको माग

राउटे समुदायका युवायुवतीले आफ्नो समुदायमा खाद्यन्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आज भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिनुभयो। उहाँले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिनुभयो।

सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने जानकारी दिनुभयो। सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवा र युवती भेटमा सहभागी भएका थिए। सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए।

–रासस

Comments