सद्भाव र भ्रातृत्वको प्रतिक बन्दै छठ पर्व
भादगाउँ- भक्तपुर कमलपोखरीको किनारमा छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए सिर्जनानगरकी सीता थापा । धकियामा केरालगायत विभिन्न फलफूल, नरिवल, दूध, माल्पा र सेलरोटी सजाएर बसेका थापाले पारिवारिक सुख, शान्ति र समृद्धि एवं सन्तानको उज्जवल भविष्यको प्राथना गर्दै यस वर्ष छठको व्रत लिएको बताउनुभयो ।
पैँतालिस वर्षीया थापाले विगत १२ वर्षदेखि परिवारकै निम्ति सूर्यको आरधना गर्दै छठको ब्रत बस्दै आएको बताउनुभयो । कमलपोखरीमा नै अस्दाउँदो सूर्यलाई अघ्र्य दिन तयार भइरहनुभएकी भक्तपुर कमलविनायककी सीता बस्नेतले पारिवारिक कल्याण र सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने प्रार्थनासहित छठको व्रत लिएको बताउनुभयो । उमेरले झण्डै छ दशक पुग्नुभएकी सीताले भन्नुभयो, “मैले विगत १७ वर्षदेखि... Read More
