• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा

  • OVN
  • November 10, 2021
राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गर्नुभएको छ । 

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गर्नुभयो । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिनुभयो ।

छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ ।  अहिले यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रतालुको ठूलो भीड छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।
-रासस

Comments