पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन
पोखरा- कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो । छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ ।
पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिनुभयो । “पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता... Read More
