सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक
डोटी- सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अहिले जात्राको रौनक सुरु भएको छ । यहाँका नौ जिल्लामध्ये विशेषगरी सात पहाडी जिल्लामा विभिन्न देवी–देवताका जाँत अर्थात् जात्रा (मेला) सुरु भएका छन् । ती मेला अर्थात् जात्राका लागि जिल्ला बाहिर तथा कामका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरमा गएका यहाँका नागरिक अहिले आ–आफ्ना गाउँ फर्किएका छन् । कामका लागि जिल्ला बाहिर गएका नागरिक गाउँ फर्किएका कारण यहाँका गाउँघर रमणीय बनेका शिखर नगरपालिका–२ का शेरबहादुर बोगटीले बताउनुभयो ।
ठूला चाड दसैँ, तिहार सकिएसँगै यहाँका पहाडी जिल्लामा जात्राको रौनक छाएको हो । कात्तिक शुक्ल पक्षबाट अछाम, बझाङ, डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुला तथा डोटीमा रहेका... Read More
