• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

बजार अर्थतन्त्र

काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने

काठमाडौँ-  विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख लागतमा काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । “समितिले महानगरपालिकासँग चार चरणमा गरी रु ११ करोड ५० लाख लिएको छ, समितिले २०७५ जेठ २९ गते रु ५० लाख, २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ८... Read More