प्रधानन्यायाधीशद्वारा बारलाई वार्तामा आउन आह्वान
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएन र सर्वोच्च बार एशोसिएनलाई वार्तामा आउन आह्वान गर्नुभएको छ . उहाँले आज प्रेस विज्ञप्ति जारी गरी बारलाई वार्तामा आउन आह्वान गर्नुभएको हो । “पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिन्छ”, विज्ञप्तिमा भनिएको छ, “विधिका पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाका एकै परिवारभित्र देखिएका समस्या समाधान गर्न विग्रहको बाटो छोडी संवादको मार्ग अवलम्बन सबैमा आह्वान गर्दछु ।”
“जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासँग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयाङ्गम गरी यसको निर्वाध कार्यान्वयनतर्फ हामी सबैको दायित्व रहनुपर्दछ”, विज्ञप्तिमा भनिएको छ,... Read More
