• DoIB Registration No. 2369/077-78
Tuesday, 11 Nov 2025

बजार अर्थतन्त्र

मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्छ : नेता खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताउनुभएको छ । 

आज बानेश्वरमा पीडितहरूले आयोजना गरेको धर्ना कार्यक्रममा पुगी नेता खनालले मिटरब्याजी पीडितका मागप्रति ऐक्यबद्धता जनाउनुभएको हो । उहाँले भन्नुभयो, “तपाईँहरूका माग जायज छन् । तपाईंहरूमाथि अन्याय भएको छ । यो अन्याय सच्चिनुपर्छ, सरकारले माग पूरा गर्नुपर्छ ।”

नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्ने बताउनुहुँदै मिटरब्याजीहरूले गर्ने गरेको शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताउनुभयो । यसैगरी उहाँले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राख्नुभयो । सरकारले माग पूरा गर्ने बचन दिएपछि आन्दोलन स्थगित गर्न समेत नेता... Read More