वसन्ती छठ पर्वको निराहार व्रत आज
महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
यसअघि गत शनिबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका बर्तालुले आइतबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् ।
‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन बर्तालुले व्रत सङ्कल्प गर्छन् ।
षष्टि तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको... Read More
