व्यापारिक केन्द्र बन्दै मेलौली
बैतडी । कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् ।
पाटन –पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो । सडक सञ्जाल विस्तार हँुदै गएपछि मेलौलीबजार व्यापारिक केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ । सडक पुगेसँगै मेलौली बजार तल्लोस्वराडकै व्यापारिक केन्द्रका रूपमा अगाडि बढ्दै गएको स्थानीय व्यापारी मोहन सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “एकदशक अगाडिसम्म देहिमाडौँ, पाटनबाट खच्चर र घोडामा दैनिक उपभोग्य सामान ल्याइन्थ्यो, हाल भने सडक विस्तार भएर मेलौलीमै बजार बनेको... Read More
