• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jul 2024

विश्वकर्मालाई ‘हिमालय लोकस्टार’को उपाधि

  • OVN
  • April 27, 2023
विश्वकर्मालाई ‘हिमालय लोकस्टार’को उपाधि

काठमाडौं । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बन्नुभएको छ ।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला हुनुहुन्थ्यो । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गर्नुभएको छ ।

“मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ”, उहाँले भन्नुभयो । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा साइँला फस्ट रनरअपअर्थात् उपविजेता घोषित हुनुभयो । उहाँले रु तीन लाख नगदसहित पुरस्कार गर्नुभयो । यस्तै क्षेत्री सेकेण्ड रनरअपअर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गर्नुभयो ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहनुभएको थियो । रासस

Comments