• DoIB Registration No. 2369/077-78
Sunday, 05 May 2024

फ्राइडे रिलिज: नेपाली हलमा दुई विदेशी फिल्म

  • OVN
  • July 28, 2023
फ्राइडे रिलिज: नेपाली हलमा दुई विदेशी फिल्म

आज शुक्रबार नेपाली फिल्म हलमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। 

कुनै पनि नेपाली फिल्म प्रदर्शन नहुँदा बलिउड फिल्म 'रकी और रानीकी प्रेम कहानी' र अष्ट्रेलियाको फिल्म 'टक टु मि' प्रदर्शनमा आएका हुन्।

बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म 'रकी और रानीकी प्रेम कहानी' मा रणवीरलाई सामान्य परिवार छोरा र आलियालाई राज परिवारकी छोरीको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रकी र रानीको प्रेम जीवनमा आउने उतार-चढाबलाई देखाइनेछ।

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। 

हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

फिल्म 'टक टु मि' मा सोफी वाइल्ड, जो बर्ड, अलेक्जेन्ड्रा जेन्सेन, ओटिस धनजीलगायत कलाकारको अभिनय छ। फिल्मलाई डेनी फिलिप र माइकल फिलिपले निर्देशन गरेका हुन्। 

यो हरर थ्रिलर जनराको फिल्म हो।

यतिबेला हलमा 'जारी, बगान, मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान, बार्बी, ओपेनहाइमर' फिल्म प्रदर्शन भइरहेको छ।

Comments