• DoIB Registration No. 2369/077-78
Sunday, 05 May 2024

भारतीय गायिका शिल्पा राव नेपाल आउँदै

  • OVN
  • August 19, 2023
भारतीय गायिका शिल्पा राव नेपाल आउँदै

काठमाडौं : बलिउड गायिका शिल्पा राव नेपाल आउने भएकी छन्। सोल्टी होटलमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन भदौ ८ गते काठमाडौं आउने भएकी हुन्।  

गायिका रावलाई रोअर ईन्टरटेनमेन्ट र एरिना इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो। पहिलोपटक नेपाल आउन लागेकी गायिका रावको उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माई पे अनलाईन मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको कार्यक्रमका संयोजक मोहित बस्नेतले बताए । माई पे कार्यक्रमको टिकेटिङ पार्टनर हो । कार्यक्रममा हेप्पी वक्सवेभआई एस् एस् साउण्डपठाओ लगायतले सहकार्य गरेका छन् । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल नम्रता श्रेष्ठले गर्दैछिन् ।

गायिका रावले खुदा जाने, बुल्लेया, घुन्ग्रुजस्ता हिट गीत गाएकी छन्। 

Comments