• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

देसाई मुख्य प्रशिक्षकमा नियुक्त

  • OVN
  • February 06, 2023
देसाई मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ । 

छनोट समितिको सिफारिसमा देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएकोमा अन्तिम चरणमा ५ जना छनोट भएका थिए । 

उनीहरूमध्ये देसाईलाई क्यानले नियुक्त गरिएको हो । देसाइ विश्व क्रिकेटकै एक सफल प्रशिक्षक मानिनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देसाईको आधिकारिक निर्णय गरेको हो । 

औपचारिक निर्णय भई नसके पनि उहाँले नेपाली राष्ट्रिय पुरुष टिमलाई प्रशिक्षण दिइरहनुभएको छ । सन् २०१५ को आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटमा पुरुष राष्ट्रिय क्रिकेट टिममा सहभागी रहेका देसाई सन् २०१७ मा १९ वर्ष मुनिको पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्ट हुनुहुन्थ्यो । 

उहाँले यस अघि वेस्टइन्डिज, अफगानिस्तान, युएई, क्यानडालगायत देशका राष्ट्रिय टिमलाई प्रशिक्षण दिइसक्नुभएको छ । इन्डियन प्रिमियर लिगमा उहाँ गुजरात, राजस्थान र पन्जाब टिममा प्रशिक्षक रहिसक्नुभएको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन थियो । 
 

Comments