कास्की । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ ।
पोखरा रङ्गशालाको कभर्ड हलमा आज भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
साबिकको बिजेता रहेको एपीएफले पहिलो सेट २५–२० ले जितेकोमा दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो ।
तेस्रो र चौथो सेटमा २५–८ र २५–२२ को लगातार जित निकालेसँगै एपीएफ च्याम्यिन बनेको हो । च्याम्पियन एपीएफले ५ लाख र उपविजेता बनेको आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेका छन् ।