• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

पेलेको अन्तिम संस्कार आज गरिँदै

  • OVN
  • January 03, 2023
पेलेको अन्तिम संस्कार आज गरिँदै

 ब्राजिल । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिँदैछ ।

अन्तिम संस्कारअघि उहाँको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रङ्गशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेल्नुभएको थियो भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाउनुभएको थियो ।

क्यान्सर पीडित उहाँको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रङ्गशालामा लगिएको थियो । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ ।

Comments