• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

नेपाल यू- २० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

  • OVN
  • February 07, 2023
नेपाल यू- २० साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडाैँ । नेपाल २० वर्षमुनिको दक्षिण एसियाली महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बंगलादेशको ढाकामा भएको खेलमा आज भारतलाई ३–१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गर्नुभयो । भारतका अपूर्ण नार्जारीले एक गोल गर्नुभयो ।

पहिलो हाफमा १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै नेपाल विजयी भएको हो । खेलको २० औं मिनेटमा अपूर्णको गोलमा भारतले अग्रता लिएकोे खेलको ४८ औँ मिनेटमा अन्जली चन्दले गोल गर्नुभयो । ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनालल्टीमार्फत गोल गर्नुभयो भने ८९ औं मिनेटमा अमिषा कार्कीले गोल थप्दै नेपाललाई ३–१ ले जिताउनुभयो ।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक भएको छ ।

Comments