२४ मंसिर २०७९ काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वेन्टी लिग क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । पहिलो दिनको खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछन् ।
खेल हुने समय बिहान ९ : १५ र दिउँसो १ : १५ निर्धारण गरिएको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार रहेका छन् ।