• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

लुम्बिनी अल स्टार्सलाई नेपाल टी –२० लिगको उपाधि 

  • OVN
  • January 11, 2023
लुम्बिनी अल स्टार्सलाई नेपाल टी –२० लिगको उपाधि 

काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाउनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९ दशमलब २ ओभरमा अलआउट भएको थियो । प्रतियोगितामा १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनी च्याम्पियन  बनेको हो ।

लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा पुगेको हो ।  

उपविजेता बनेको विराटनगरले भने इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराएर दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेको हो । उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । 

उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ । 
 

Comments