• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बजार अर्थतन्त्र

‘जडिबुटी मात्रा मिलाएर खाऔँ’

काठमाडौँ,  गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ। गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताउनुभयो। भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो। त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उहाँको भनाई थियो।  

मानिसको दैनन्दिनी, के खाने ?... Read More