• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

  • OVN
  • June 05, 2021
कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ। कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो।

कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताउनुभयो। “पूजाअर्चना र दीप प्रज्वलनले कोरोना सङ्क्रमण भई उपचार गराइरहनुभएका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो”, उहाँले भन्नुभयो। कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताउनुभयो।

कार्यक्रममा स्थानीय वडा कमिटी र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।

Comments