मध्यपुरथिमि नगरपालिकाको उच्च प्राथमिकता शिक्षा, स्वास्थ्य र रोजगारी
भक्तपुर- बहुमत र अल्पमतको अन्तरले हरेकवर्षको बिवादै बिवाद र आरोप प्रत्यारोपमा जेलिने मध्यपुरथिमि नगरपालिकाको नगरसभा यसवर्ष भने सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गर्दै उदाहरणीय नमूना देखाएको छ।
विवादकै कारण पाँच वर्षमा पाँचवटा मात्रै नगरसभा आयोजना गरेको यो नगरपालिकाले यसवर्ष भने कुनै विवाद नगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर सर्वसम्मतले नीति तथा कार्यक्रम पारित गरेको हो।
नगरपालिकाले शिक्षातर्फ संस्थागत विद्यालयबाट दिइनुपर्ने १० प्रतिशत र नगरपालिकाबाट स्वामित्व ग्रहण गर्ने पाँच प्रतिशत छात्रबृत्ति गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराइनेछ, नगरपालिकाले सञ्चालन गर्ने कक्षा ८ को परीक्षाको परीक्षा शुल्क, मार्कसीट तथा सर्टिफिकेट निःशुल्क विद्यार्थीलाई उपलब्ध गराउने, विद्यालयको कक्षा ६... Read More
