• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई टोखा नगरपालिकाले २० लाख सहयोग गर्ने 

  • OVN
  • June 22, 2021
मेलम्ची र हेलम्बुका बाढीपीडितलाई टोखा नगरपालिकाले २० लाख सहयोग गर्ने 

काठमाडौँ :  टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले यही असार २ गते राति गएको बाढी तथा पहिराबाट पीडित जनतालाई राहत र उद्धारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिराले पु¥याएको क्षति तथा उद्धारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको राससलाई जानकारी दिनुभयो । “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ”, उहाँले भन्नुभयो।
 
टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ । बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो । यस्तै टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ।
-रासस

Comments