अरनिको राजमार्ग भक्तपुर सडकखण्डमा सिसी क्यामरा जडान
भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगाचोकसम्मको सडकखण्डमा ६४ सिसी क्यामरा जडान गरिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरमा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानको उद्घाटन गर्नुभयो।
सिसि क्यामरा जडान समितिले आयोजना गरेको सो कार्यक्रममा उहाँले सडकमा हुने दुर्घटनादेखि अपराध अनुसन्धानलाई सबल बनाउन यसले ठूलो मद्दत पुर्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर प्रहरीले राम्रो काम गरेको छ, प्रहरी भित्र सुधार आवश्यक छ र भ्रष्टाचार न्यूनीकरणमा प्रहरीले उल्लेखनीय काम गरिरहेको छ।”
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद भट्टराईले सडकमा जोडिएका सिसि क्यामराले प्रहरी प्रशासनमा... Read More
