गोरखा- गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको छ । तीन दिनदेखि लगातार बर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनीको एक्लेफाँट र गोरखाको गोप्लिङ जोड्ने झोलुङ्गे पुलमा पुराएको क्षति भएको छ।
नदीमा आएको भीषण बाढीसँगै पानीको बहाव बढेर पुलसम्म पुगेपछि क्षति पुगेको गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर ख्डकाले जानकारी दिनुभयो।
बाढीले झोलुङ्गेको तनहुँतर्फको भाग नदीमा डुबेको तथा पुल बाङ्गिएको उहाँले जानकारी दिनुभयो । पुलमाथि बाढी पुगेपछि बगाएर ढुङगामुढा रोकिँदा मुनिका बस्तीमा बाढीको प्रभाव पर्न सक्ने आकलन गरिएको छ।
गोरखा नगरपालिका - १४ स्थित गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित एक्लेफाँट जोड्ने सो पुलमा बाढीले क्षति पु¥याएपछि आवातजावत बन्द भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो।
-रासस