• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

बजार अर्थतन्त्र

गर्भवती हत्याका अभियुक्तलाई कैद सजाय

सप्तरी । गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । 

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो । 

हत्याको आरोप लागेका मृतकका देवर राजविराज नगरपालिका–१५ मुसहर्नियाका मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमती प्रमिलादेवीलाई विसं २०७८ भदौ २७ मा जन्मकैद सजाय भएको थियो । साथै प्रमिलाका दाजु डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका सत्यनारायण साहलाई तीन वर्ष कैद सजायको फैसला भएको थियो ।

अदालतले गत कात्तिक १६ गते हाजिर भई पुर्पक्षका लागि थुनामा रहेका सोही ठाउँका ताराचन्द्र साह र कात्तिक २७... Read More