बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या
दमौली । कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् ।
यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम दमौलीबाट दुई किलोमिटर दूरीमा रहेको उक्त विद्यालयमा बहिरा व्यक्ति विद्यार्थीकारुपमा अध्ययन गर्छन् ।
तनहुँ, लमजुङ, गोरखा, स्याङ्जा, नवलपरासीका ती विद्यार्थी उक्त विद्यालयमा आवासीयरूपमा बसेर अध्ययन गर्दै आएका छन् । ती विद्यार्थीलाई बस्ने, खाने व्यवस्था सरकारले गर्दै आएको छ । तर पनि विद्यालयलाई आर्थिक समस्या पर्दै आएको छ ।
विसं २०६५ मा प्रतिविद्यार्थी रु चार हजार दिने गरिएकामा हालसम्म पनि रकम वृद्धि नहुँदा समस्या हुँदै आएको... Read More
