कोसेली घरमा गिठा भ्याकुरदेखि कैदीबन्दीले बनाएका मुढासम्म
दमौली । तनहुँ जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठाभ्याकुर र सिस्नोदेखि कारागारका कैदीबन्दीले उत्पादन गरेका मुढा बिक्री वितरणका लागि राखिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ महिला उद्यमी समिति तनहुँले सञ्चालनमा ल्याएको कोसेली घरमा वनजङ्गलमा पाइने गिठा भ्याकुरका साथै घरेलु उत्पादन बिक्री वितरणका लागि राखिएको हो ।
महिला उद्यमीलाई उद्यमशील बनाउने उद्देश्यसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय र व्यास नगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको समितिकी अध्यक्ष कल्पना गौलीले बताउनुभयो ।
जिल्लाभरका महिला उद्यमीले उत्पादन गरेका सामग्री समितिले खरिद गरी कोसेली घरमा राखेको गौली बताउनुहुन्छ । “जिल्लाका आठवटा... Read More
