• DoIB Registration No. 2369/077-78
Saturday, 18 May 2024

खेलकुद

युएईमाथि नेपालको जित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईलाई ४२ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले युएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । जवाफमा युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनमा सीमित बन्यो ।

युएईका लागि ओपनर मुहम्मद वासिम शून्य रनमा आउट भएका थिए भने अर्का ओपनर आसिफ खानले ८२ रनको योगदान दिए । त्यसैगरी आर्यन लाक्राले ५० रन जोडे भने वृत्य अरविन्दले १३ रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्... Read More