पश्चिम म्याग्दी युवा क्लबलाई ‘म्याग्दी कप’को उपाधि
बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रथम ‘म्याग्दी कप, २०७९’ आमन्त्रित म्याग्दी लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ ।
मङ्गलबार सम्पन्न फाइनल खेलमा कालीपुल युनाइटेड क्लबलाई पराजित गर्दै पश्चिम म्याग्दीले बाजी मारेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटका आधारमा गरिएको थियो । पेनाल्टी सुटआउटमा पश्चिम म्याग्दीले कालीपुल युनाइटेडलाई ६–५ गोलअन्तरले हरायो । विजयी पश्चिम म्याग्दीले रु एक लाख २० हजार तथा उपविजेता कालीपुल युनाईटेडले रु ७० हजार पुरस्कार प्राप्त ग-यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए ।... Read More
