कास्की । पोखरामा हिजो भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार शवको पहिचान गरेर बिहान ९ बजेदेखि आफन्तको जिम्मा लगाउने तयारी भएको छ । चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँमा आफन्त भएका व्यक्तिको शव आजै काठमाडौँमा पठाइने पनि उहाँले जानकारी दिनुभयो ।
हिजो पोखरा पुगेका मृतकका आफन्तलाई स्थानीय होटलमा बस्ने बस्ने व्यवस्था मिलाइएको र शव घरसम्म पु-याउनका लागि समन्वय गरिने पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिनुभयो ।
६६ जनाको शव भेटिएको र वेपत्ता ६ जनाको आज बिहानैदेखि खोजी सुरु गरिएको उहाँको भनाइ छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको विमान हिजो बिहान दुर्घटनामा परेको थियो ।