• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

व्यवसायीले बढाएको दूधको मूल्य फिर्ता

  • OVN
  • January 02, 2023
व्यवसायीले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । केही व्यवसायीले बढाएको दूधको मूल्य फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । 

कृषि मन्त्रालयका सचिव तथा राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष गोविन्दप्रसाद शर्मासहित सरोकारवालाको हिजोको बैठकले दूधको बढाइएको मूल्य फिर्ता लिने सहमति गरेको बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार दूधको उत्पादन लागत मूल्य, बजार मूल्य, उपभोक्ताको क्रयशक्तिलगायत विषयमा वैज्ञानिक रूपमा मूल्य समायोजन गर्ने सहमति पनि भएको छ । 

केही डेरी र दूध उद्योगले यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ बढाएपछि विरोध भइरहेको थियो भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो व्यक्त गर्नुभएको थियो । 

Comments