• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित

  • OVN
  • January 20, 2023
वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित

काठमाडौं । हावाको गुणस्तर सूचक मापक एयर क्वालिटी इन्डेक्सले देशभर वायु प्रदूषण बढेको देखाएको छ । 

काठमाडौँ उपत्यकासहित धनकुटा र दाङमा पनि वायु प्रदूषण उच्च भएको छ । एक्यूआईका अनुसार बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक सय ६३, काठमाडौँमा एक सय ६१ र ललितपुरमा १ सय ५९ छ । 

त्यस्तै धनकुटामा एक्यूआई एक सय ६० र दाङको तुलसीपुरमा एक सय ५४ रहेको छ । हिउँदे वर्षा नहुँदा प्रदूषण बढ्न थालेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । 

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । वायु प्रदूषण बढ्दा स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने भएकाले घरभित्रै बस्न र बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

Comments