• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

  • OVN
  • February 10, 2023
विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु हुन लागेको हो । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना प्रतिनिधि सहभागी हुनेछन् । भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । 

पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आकाङ्क्षा व्यक्त गरेका छन् । 

महाधिवेशनको राजनीतिक दस्ताबेजका लागि केशव दाहाल तथा प्रस्तावित विधानका लागि रमेश पौडेलले प्रस्ताव पेस गर्ने पाण्डेले जानकारी दिनुभयो ।
 

Comments