• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको जसपाको दाबी

  • OVN
  • January 01, 2023
विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको जसपाको दाबी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको अन्तरिम विधानको व्यवस्था बमोजिम दलको नेता चयन प्रकिया सम्पन्न गरेको स्पष्ट पारेको छ ।
 
दलको नेता चयनको विषयलाई लिएर सामाजिक सञ्जालमा एकअर्कामाथिको आरोप–प्रत्यारोपप्रति ध्यानाकर्षण भएको भन्दै जसपाले विधानको व्यवस्था बमोजिम दलको नेता चयन गरिएको बताएको हो ।  

जसपाका प्रकाशन तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्ति जारी गर्दै आफ्ना विचार, विमति, गुनासा र असहमतिहरु संयमित र मर्यादित ढङ्गले आफू सम्बद्ध पार्टी फोरमभित्र राख्न आग्रह गर्नुभएको छ । 

Comments