• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष, कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्दै श्रमिक

  • OVN
  • January 05, 2023
विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष, कम पारिश्रमिकमा जोखिमपूर्ण काम गर्दै श्रमिक

काठमाडौं । नेपालबाट रोजगारीका लागि विदेश गएकामध्ये ४५ प्रतिशत अदक्ष रहने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका अनुसार नेपालबाट हाल दैनिक औषतमा २ हजार जना रोजगारीका लागि विदेश जाने गरेकोमा ९ सयभन्दा बढी अदक्ष रहने गरेका छन् । बिना सिप विदेशिँदा कम पारिश्रमिकमा बढि जोखिमपूर्ण काम गर्न श्रमिकहरू बाध्य भएका छन् । भने कामदारको दुर्घटना र मृत्युको समेत जोखिम बढाउने गरेको छ । 

पछिल्ला १४ वर्षमा वैदेशिक रोजगारीमा गएका १० हजार ९ सय ३२ जना नेपालीको मृत्यु भएको छ । यसमा कुनै न कुनै रुपमा कामदारको दक्षता र पारिश्रमिक पनि जोडिएको विज्ञहरू बताउँछन् । कामदारलाई राज्यले आधारभुत सिप सिकाएर मात्रै विदेश पठाउनुपर्नेे रोजगार विज्ञ गणेश गुरूङले बताउनुभयो । 

तर वैदेशिक रोजगारीमा सिपयुक्त जनशक्ति पठाउने प्रयास गरिरहे पनि सोचेजस्तो हुन नसकिरहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालको भनाइ छ । वैदेशिक रोजगारीमा जान चाहनेमध्ये कतिपयले सिप सिक्न पनि नचाहने गरेका छन् । तर, एकातिर जोखिम कम हुने र अर्कोतिर पारिश्रमिक पनि बढी हुने भएकाले वैदेशिक रोजगारीमा आफ्नो रुची अनुसारको सिप सिकेर जानु कामदारका लागि पनि फाइदाजनक छ । 
 

Comments