• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

विश्वासको मत पाएपछि ढुक्क भएको प्रधानमन्त्री प्रचण्डको भनाइ 

  • OVN
  • January 11, 2023
विश्वासको मत पाएपछि ढुक्क भएको प्रधानमन्त्री प्रचण्डको भनाइ 

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि ढुक्क भएको बताउनुभएको छ । 

आज गोरखा महोत्सवको उद्घाटन गर्दै उहाँले आफूले सोचे जस्तै विश्वासको मत पाएको बताउनुभयो । राजनीतिक दलबीच बिभाजन भयो वा उनीहरूबीच प्रतिबद्धता र विश्वासमा एकरुपता आएन भने अप्ठ्यारो पो हुने हो कि भन्ने चिन्ता हिजो सम्म भएपनि विश्वासको मत पाएपछि ढुक्क भएको उहाँले बताउनुभयो । 

राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा काम गर्न आफूले पाएको अवसर चुनौतीपूर्ण रहेको समेत उहाँको भनाइ रहेको थियो । गोरखाले प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री पाउनु गोरखाकै लागि गौरवको बिषय रहेको प्रचण्डको भनाइ रहेको थियो ।

निर्वाचनको दौरान आफूले गरेका वाचा र प्रतिबद्धताहरुको राम्रै सम्झना रहेको बताउँदै उहाँले पूरा गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । 
 

Comments