• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

विश्व योग दिवस भर्चुअलरुपमा मनाइने

  • OVN
  • June 18, 2021
विश्व योग दिवस भर्चुअलरुपमा मनाइने

काठमाडौं- कोभिड–१९ को जोखिम कायमै रहेकाले यस वर्षको विश्व योग दिवसको मूल समारोह समितिको कार्यक्रम भर्चुअलरुपमा हुने भएको छ। 

राष्ट्रियस्तरमा दिवस मनाउन नेपाल  मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ (असार ७ गते) लाई विश्व योग दिवसका रुपमा मनाइन्छ। 

मूल समारोह समितिको यही असार १ गते भर्चुअलरुपमा सम्पन्न मूल बैठकले दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट गर्ने तथा अन्य शिक्षण संस्था र संस्थालाई परिस्थिति हेरी भर्चुअल वा उपयुक्त खालका कार्यक्रम गर्न आग्रह     गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र आयुर्वेद कार्यालय र सम्बन्धितलाई समावेश गरी सदस्यहरु तोक्न भनिएको छ। 

समितिको सहसंयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरिया रहनुभएको छ । यस वर्ष सन् २०२१ को विश्व योग दिवसको थिम ‘योगा फर वेल–बिइङ’ रहेको छ।
- रासस
 

Comments