• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

वैशाखमा नीति महाधिवेशन गर्ने कांग्रेसको निर्णय

  • OVN
  • January 27, 2023
वैशाखमा नीति महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने भएको छ ।
 
नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि काँग्रेस नीति महाधिवेशनमा जुटेको हो । १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । 

नीति महाधिवेशन मार्फत काँग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले बताउनुभयो ।  फागुन ७ गतेभित्र भातृसंस्थालाइ पूर्णता दिने  र वैशाखमा नीति महाधिवेशन गर्ने तयारी भइरहेको उहाँको भनाइ रहेको छ ।  

गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । 

Comments