• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको पूर्वराजाको टिप्पणी

  • OVN
  • January 11, 2023
वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको पूर्वराजाको टिप्पणी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको टिप्पणी गर्नुभएको छ । 

शाहवंशी राजसंस्थाका संस्थापक पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि राष्ट्रमा सुख हुन नसक्ने दाबी पनि गर्नुभयो । 

गणतन्त्र स्थापना भएर गद्दी छाडेपछि तत्कालीन राजाले व्यवस्थाप्रति नै असन्तुष्टि जनाएर पुनरावलोकनको बहस चलाएको यो पहिलो पटक हो ।
 

Comments