• DoIB Registration No. 2369/077-78
Friday, 26 Jun 2026

ऊर्जामन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

  • OVN
  • November 03, 2021
ऊर्जामन्त्री भुसालसँग इयुका राजदूतको शिष्टाचार भेट

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय एवं बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो ।
 
सो अवसरमा मन्त्री भुसालले राजनीतिक स्थायित्वसँग आर्थिक विकासमा नेपाल अगाडि बढेको बताउँदै त्यसका लागि युरोपेली सङ्घले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । आर्थिक तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनले नेपालमा परेको अवसरबारे राजदूतलाई जानकारी गराउनुभयो । जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताउँदै मन्त्री भुसालले युरोपेली सङ्घ र सदस्य मुलुकले सो विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गर्नुभयो । युरोपेली सङ्घ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवद्र्धनमा आफूहरू नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकरराज राजभण्डारीसहित पराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।
-रासस

Comments