• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

उपत्यकामा बार तोकेर पसल खोल्न दिने निर्णय, कुन बार कुन पसल खोल्न पाइन्छ ?

  • OVN
  • June 20, 2021
उपत्यकामा बार तोकेर पसल खोल्न दिने निर्णय, कुन बार कुन पसल खोल्न पाइन्छ ?

काठमाडौं उपत्यकामा बार तोकेर पसल खोल्न दिने निर्णय गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बारको आधारमा पसल खोल्न दिने निर्णय गरेका हुन्।  दुई क्याटेगोरी निर्धारण गरेर बारअनुसार पसल खोल्न दिने निर्णय गरिएको छ। 

आइतबार, मंगलबार र बिहिबार  सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ। सोमबार र बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय गरिएको छ। 

‘बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाइन्छ’  ‘किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा पुरानै निर्णय कायम गरिएको छ।’ जेठ ३० गते स्थानीय प्रशासनले असार १ बाट लागू हुनेगरी किराना र स्टेशनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सो निर्णयमा हेरफेर गरिएको छैन।

jpg2pdf_8.pdf - Google Drive

Comments