काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ ।
आज उहाँलाइ उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए ।
जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत प-यो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहनुभएको छ ।
इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरूले मतदान गरे । नेपाली काँग्रेसले भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको थियो ।