• DoIB Registration No. 2369/077-78
Wednesday, 24 Jun 2026

उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्धका गतिविधिप्रति एमाले गम्भीर

  • OVN
  • May 20, 2021
उपनिर्वाचनमा पार्टीका उम्मेदवारविरुद्धका गतिविधिप्रति एमाले गम्भीर

नेकपा (एमाले)ले आज सम्पन्न वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज भएको स्थायी कमिटी बैठकमा उपनिर्वाचनका क्रममा पार्टीकै कतिपय जनप्रतिनिधिले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध प्रचार तथा मतदान गरेको सूचनाका आधारमा त्यस कार्यको समीक्षा गरिएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारीको बढ्दो प्रकोप र यसविरुद्ध सरकारले गरिरहेका प्रयासका सम्बन्धमा जानकारी गराएको र बैठकले सरकारका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । बैठकले महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्न, आवश्यक कानूनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ । यादवप्रति श्रद्धाञ्जलि बैठकले पार्टी केन्द्रीय सदस्य योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । पूर्वसांसद यादवका निधनबाट तराई–मधेशले एक सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

Comments