• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

  • OVN
  • February 10, 2023
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दलहरूद्वारा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

यसअघि हिजै दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजलाई सारिएको हो । बैठक अहिले बिहान ९ बजे बालुवाटारमा बस्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्न लागेको हो ।

कांग्रेस र एमालेले राष्ट्रपतिमा दाबी नछोडेपछि यसबारेमा कुरा मिलाउन संयन्त्रको बैठक बस्न लागेको नेताहरूले बताएका छन् । यसअघि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

Comments