• DoIB Registration No. 2369/077-78
Friday, 24 Apr 2026

धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

  • OVN
  • March 25, 2023
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षीय लोकमान श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

सो दुर्घटनामा  सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । घाइतेको  ढल्केवर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Comments