• DoIB Registration No. 2369/077-78
Thursday, 25 Jun 2026

धान रोपाइँमा व्यस्त किसान [फोटोफिचर]

  • OVN
  • June 20, 2021
धान रोपाइँमा व्यस्त किसान  [फोटोफिचर]

यो वर्ष समयमै मनसुन भएकाले धान रोप्न किसानलाई यति वेला चटारो  भएको छ । 

शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान उखेलिएको धानको बीउ खेत रोप्न लैजाँदै । यो वर्ष समयमै मनसुन भएकाले धान रोप्न किसानलाई यति वेला चटारो भएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस

शुक्लाफाँटा नगरपालिका–२, रानीपुरका किसान धान रोप्नका लागि खेत गोरूको सहायताले हिल्याउँदै । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस

शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका महिला पालैपालो गरी एक अर्काको खेतमा धान रोप्दै । यहाँका महिलाहरु पर्मबाटै खेतमा रोपाइँ सम्पन्न गर्छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस

रोपाइँका लागि शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका किसान ब्याडमा धानको बीउ उखेल्ने क्रममा मोबाइल फोनबाट आफन्तसँग कुरा गर्दै । सञ्चारको साधन मोबाइलले जनजीवनलाई सहज बनाइ दिएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, रासस

तनहुँको व्यास नगरपालिका–११, पोल्याङमा चैतेधान काट्दै किसान । कृषकलाई यति वेला चैतेधान भित्र्याएर असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने, रासस

Comments